
काठमाडौं । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार र स्वकीय सचिवालयमा काम गर्ने २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री बनेको सात महिनापछि कार्यालयले आफ्नो वेबसाइटमार्फत उनीहरूको नाम, जिम्मेवारी र सेवा–सुविधा सार्वजनिक गरेको हो।
विवरणअनुसार कुमार व्यञ्जनकार मुख्य राजनीतिक सल्लाहकार र असिम शाह राजनीतिक सल्लाहकार छन्। उनीहरूले मन्त्रीसरह सुविधा पाउने उल्लेख छ। व्यञ्जनकारको पद भने अवैतनिक रहेको छ। स्वास्थ्य सल्लाहकारमा प्रा.डा. जगदिश प्रसाद अग्रवाल रहेका छन्, उनी पनि अवैतनिक हुन्।
त्यस्तै, सुदिप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार छन्। उनीहरूलाई राज्यमन्त्रीसरह सुविधा दिइएको छ।
प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सचिव, निजी सचिव, प्रेस संयोजक, सहायक, भान्से र चालकसहित अन्य कर्मचारी पनि कार्यरत छन्। कार्यालयले पारदर्शिता कायम गर्न विवरण सार्वजनिक गरिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे