
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले वर्तमान सरकारलाई आफ्नै कारणले नढल्न र पाँच वर्षको कार्यकाल पूरा गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नयाँ राजनीतिक शक्तिको उदय विगतमा पनि भएको स्मरण गरे। उनले २०१५ सालमा नेपाली कांग्रेस र २०६४ सालमा माओवादीले बहुमत ल्याएको उदाहरण दिँदै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पनि बलियो शक्तिका रूपमा आएको बताए। नयाँ दलका नेताहरूले विगतका राजनीतिक घटनाबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो।
राईले सरकार प्रमुखले विपक्षी दलले उठाएका प्रश्नको संसद्मा पर्याप्त जवाफ नदिएको गुनासो गरे। साथै, सरकारले विपक्षी दल र ठूलो जनमतको आवाजलाई बेवास्ता गरे भविष्यमा समस्या र आन्दोलन दोहोरिन सक्ने चेतावनी पनि दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे