
काठमाडौँ । ओमानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। असोज २१ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालले आयोजक ओमान र क्यानडासँग खेल्नेछ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा टोली तयार गरेको हो। टोलीमा सन्दीपसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा र गुल्शन झा रहेका छन्। यस्तै बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल पनि टोलीमा परेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे