
काठमाडौँ । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको शक्तिशाली चक्रवात ‘अर्नब’को असर नेपालमा पनि देखिन थालेको छ। यसका कारण देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा बादल लाग्नेछ। पहाडी, हिमाली र तराईका विभिन्न स्थानमा वर्षा हुन सक्नेछ।
आज राति कोशी, बागमती र गण्डकीका केही हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना छ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा पनि हुन सक्नेछ।
शुक्रबार पनि देशका अधिकांश क्षेत्रमा बादल लाग्ने, वर्षा हुने र हिमपात हुन सक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे