
काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ। आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क उठाउन सुरु गरिने जनाएको हो।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअपजस्ता हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा मिनी ट्रकले प्रवेश गर्दा १२५ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा ट्रकले क्रमशः २६० र २०० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, ठूला मल्टिएक्सल ट्रक तथा भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। सुरुङमार्ग गत साउन ११ गते उद्घाटन भएपछि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे