
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को विषयमा ध्यान दिनुभन्दा तातोपानी नाका सञ्चालनमा जोड दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले व्यापार र मुख्यमन्त्रीको पदलाई मात्र प्राथमिकता दिएर राष्ट्रिय स्वाधीनता र अखण्डतालाई बेवास्ता गर्न नहुने बताएका हुन्।
बाँस्कोटाले देशको स्वतन्त्रता र राष्ट्रिय हितलाई कमजोर पार्ने गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन्। उनले कुनै देशको प्रभावमा पर्नु र त्यसको अधीनमा बस्नु फरक कुरा भएको स्पष्ट पारेका छन्।
उनले राष्ट्रिय स्वाधीनता नै महत्त्वपूर्ण नभएको हो भने खुलेरै भन्न चुनौती दिएका छन्। साथै, सरकारलाई प्रहरी प्रमुखको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिएर देशको व्यापार र राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे