
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नीति समन्वय समिति (पीसीसी) को आकस्मिक बैठक बोलाएका छन्। प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख डीआईजी र काठमाडौं उपत्यकामा कार्यरत एसएसपीहरूलाई पनि बोलाइएको छ।
यसअघि यस्ता बैठकमा सामान्यतया काठमाडौं उपत्यकाका डीआईजी र एआईजीहरू मात्र सहभागी हुने गर्थे। तर, यसपटक देशभरका प्रहरी प्रमुख र उपत्यकाका एसएसपीलाई समेत सहभागी गराउन लागिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार बैठकमा मुख्य रूपमा देशको शान्ति सुरक्षा अवस्थाबारे छलफल हुने तयारी छ। सामान्यतया पीसीसी बैठकमा प्रहरी संगठनको नीति, आन्तरिक विषय र साझा धारणा बनाउने विषयमा छलफल हुने गर्छ। यसपटक भने बैठकमा थप अधिकारीलाई बोलाइएकाले शान्ति सुरक्षाबारे विशेष छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे