
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार बनाउने विषयमा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल सुरु भएको छ। नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको तयारी अघि बढेको हो।
तीन दलका नेताहरूबीच नयाँ सरकार कसरी बनाउने भन्ने विषयमा कुराकानी भइरहेको छ। तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन।
प्रदेशसभामा सबैभन्दा धेरै सदस्य रहेको जसपाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। एमाले र जनमत पार्टीले पनि नेतृत्वमा चासो देखाएका छन्। यस विषयमा तीनै दलका अध्यक्षबीच केन्द्रबाटै सहमति खोज्ने समझदारी भएको बताइएको छ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। एमालेका २३, जसपाका २७ र जनमतका १२ सदस्य छन्। तीन दल मिलेमा ६२ सदस्य पुग्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे