
काठमाडौं । महेश श्रेष्ठलाई हिरासतबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। उनकी पत्नी यशोदा श्रेष्ठ थापाले उक्त रिट दायर गरेकी हुन्।
श्रेष्ठलाई अदालतमा सेटिङ मिलाउने गरेको आरोप लागेका इनम सापकोटासँग सम्बन्ध र आर्थिक कारोबार देखिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो। उनलाई गत कात्तिक २८ गते कीर्तिपुरको पाँगा क्षेत्रबाट पक्राउ गरिएको थियो।
सापकोटासँगको सम्पर्क र आर्थिक कारोबारका विषयमा अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पनि प्रहरी अनुसन्धानमा तानिएका हुन्। हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नीले दायर गरेको रिटमाथि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे