
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ। रास्वपाका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा बाढीबाट भएको क्षति, बेपत्ता तथा प्रभावित नागरिकको खोजी, उद्धार र राहत वितरणबारे छलफल गरिनेछ। साथै, बाढीबाट क्षति भएका क्षेत्रलाई कसरी पुनःस्थापना गर्ने भन्ने विषयमा पनि छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको काम अझ प्रभावकारी बनाउन सबै राजनीतिक दलसँग सुझाव लिने र आगामी दिनका लागि मिलेर काम गर्ने योजना रहेको रास्वपाले जनाएको छ। बैठकबाट प्रभावित नागरिकलाई छिटो र प्रभावकारी सहयोग पुर्याउने साझा रणनीति बनाउने लक्ष्य राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे