
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बुधबार बिहान ८ बजेसम्म १ हजार ११८ जनाको शव फेला परेको छ। तीमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० शव भेटिएका छन्। फेला परेका शवमध्ये १ हजार ११७ वटाको कानुनी प्रक्रिया पूरा भइसकेको छ भने ९५ शव आफन्तलाई बुझाइएको छ।
पहिचान हुन नसकेका शवको डीएनए नमुना संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर ८६९ शवलाई सुरक्षित रूपमा गाडिएको प्रहरीले जनाएको छ। यस्तै, पहिचान नभएका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत र शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन भएका छन्। प्रहरीले हालसम्म ६ हजार ८५३ जनाको उद्धार गरेको छ भने ५ हजार १५ जना अझै बेपत्ता छन्। सुरक्षित स्थानका होल्डिङ सेन्टरमा ३ हजार २४७ जना राखिएका छन्। प्रहरीले सडक खुलाउने र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम पनि गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे