
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा ठूलो क्षति पुर्याएको भोटेकोशी बाढीबारे नेपालमा रहेका विदेशी राजदूत र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिलाई जानकारी दिएका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघका प्रतिनिधि सहभागी थिए।
मन्त्री खनालले रसुवागढीमा भदौ १० गते आएको बाढीको पछिल्लो अवस्था, सरकारले गरिरहेको खोज तथा उद्धार, विदेशी नागरिकको अवस्था र आवश्यक अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराए।उनका अनुसार बाढीले केही मिनेटमै ठूलो मात्रामा पानी, माटो र ढुंगा बगाएर तल्लो क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। उनले यो बाढीलाई ‘हिमालयन सुनामी’ जस्तै भएको बताए।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा मानिस र भौतिक संरचनामा असर परेको छ। सरकारले बाढीको कारण र घटनाक्रमबारे प्राविधिक विज्ञको सहयोगमा अध्ययन गरिरहेको छ।
मन्त्री खनालले प्रभावित नागरिकको जीवन बचाउने, खोज तथा उद्धार गर्ने र विदेशी नागरिकको सुरक्षा गर्ने काम सरकारको मुख्य प्राथमिकता रहेको बताए। साथै, अन्तर्राष्ट्रिय सहयोगका लागि सरकार निरन्तर समन्वयमा रहने उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे