
काठमाडौँ । रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पशुपति क्षेत्रस्थित आर्यघाट र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले मृतकका परिवारलाई सहयोग गर्न दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था मिलाएको जनाएको छ।
दाहसंस्कारसम्बन्धी जानकारी र व्यवस्थापनका लागि शरदराज वैद्यलाई ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिनेछ। थप जानकारीका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा पनि सम्पर्क गर्न सकिने जनाइएको छ। विपद्को कठिन समयमा पीडित परिवारलाई सहयोग गर्ने र मानवताको भावना कायम राख्ने उद्देश्यले निःशुल्क दाहसंस्कारको व्यवस्था गरिएको कोषले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे