
काठमाडौं । सरकारले आगामी भदौ २३ गते सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्मान तथा सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
उक्त दिन सरकारी कार्यालय, सार्वजनिक निकाय तथा देशभरका अन्य सार्वजनिक सेवाहरू बन्द रहनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे