
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ। बैठकमा मुख्य तीन विषयमा छलफल र प्रस्ताव पेस हुनेछन्। पहिलो, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३’ लाई थप छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव राख्नेछन्।
दोस्रो, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन रूपमा विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता संसद्मा प्रस्तुत गर्नेछन्। तेस्रो, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समुद्रमा राष्ट्रिय सीमाभन्दा बाहिर रहेका क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता संसद्मा पेस गर्नेछिन्।
सङ्घीय संसद् सचिवालयका अनुसार यी तीन विषय आजको बैठकको मुख्य कार्यसूचीमा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे