
काठमाडौँ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको ठूलो बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने भएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ दिने निर्णय गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईका अनुसार यो रकम बाढी प्रभावितलाई राहत दिनुका साथै क्षतिग्रस्त संरचना पुनर्निर्माण र विपद् व्यवस्थापनमा प्रयोग गरिनेछ।
यसै बैठकले कर्णाली प्रदेशको १० वर्षे ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ पनि स्वीकृत गरेको छ। प्रदेशको शिक्षा क्षेत्रलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउने उद्देश्यले तयार गरिएको यो योजनाअनुसार आगामी १० वर्षमा शिक्षाको विकासका लागि विभिन्न काम अघि बढाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे