
काठमाडौं । कुवेतमा कार्यरत नेपालीहरूले आफूले मेहनत गरेर कमाएको रकम अब अल मुल्ला एक्सचेन्जमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवाबाट सुरक्षित, छिटो र भरपर्दो रूपमा नेपाल पठाउन सक्ने भएका छन्।
कुवेतमा रहेका नेपालीको कमाइलाई नेपालमा रहेका परिवारसम्म सहज रूपमा पुर्याउने उद्देश्यले अल मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीचको सेवामार्फत रेमिट्यान्स पठाउने सुविधा उपलब्ध गराइएको हो।
यस सेवाबाट विदेशमा रहेका नेपालीले आफ्नो कमाइ सहज रूपमा नेपाल पठाई परिवारका दैनिक आवश्यकता पूरा गर्न, शिक्षा तथा स्वास्थ्यजस्ता खर्च व्यवस्थापन गर्न र भविष्यका योजनाहरू पूरा गर्न सहयोग पुर्याउन सक्नेछन्।
कुवेतबाट नेपालमा रकम पठाउने नेपालीका लागि सुरक्षित तथा भरपर्दो रेमिट्यान्स सेवाका रूपमा सिटी एक्सप्रेसलाई प्रयोग गर्न सकिने जनाइएको छ। विदेशमा रहेका नेपालीको कमाइलाई सहज रूपमा स्वदेशमा रहेका आफन्तसम्म पुर्याउने उद्देश्यले सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ।
सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै विभिन्न देशबाट नेपालमा रकम पठाउने सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारासहित वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रेमिट्यान्स सेवासँग जोड्दै आएको जनाएको छ।
कुवेतमा रहेका नेपालीका लागि अल मुल्ला एक्सचेन्जमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रयोग गरी नेपालमा रकम पठाउन सकिने भएकाले वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीलाई परिवारसम्म पुर्याउन थप सहज हुने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे