
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले त्रिशूली थ्री ए परियोजनाको टनेलमा भएको उद्धार प्रयासबारे मिडियामा अनावश्यक नकारात्मक प्रचार भएको बताएका छन्। शुक्रबार रसुवाबाट फर्कँदै गरेका ढकालले उद्धारमा संलग्न सबैले आफ्नो क्षमताले भ्याएसम्म काम गरेको बताए।
उनका अनुसार मानवीय हिसाबले उद्धार पूर्ण रूपमा सफल नभए पनि इन्जिनियरिङ दृष्टिले नेपाली प्राविधिक र जनशक्तिको प्रयासबाट ठूलो उपलब्धि हासिल भएको छ। फिल्डमा सबै पक्षबीच राम्रो सहकार्य र सहयोग रहे पनि मिडियामा आएको नकारात्मक समाचारले उद्धार टोलीलाई केही हदसम्म असर गरेको उनको भनाइ छ।
ढकालले पार्टीका वरिष्ठ नेताहरू पनि मिडियाको प्रभावमा परेको गुनासो गरे। अझै २४ घण्टा ढिला भएको भए अवस्था झन् गम्भीर हुन सक्ने उनले बताए।
उनले देश निर्माणका लागि सकारात्मक सोच आवश्यक रहेको भन्दै फिल्डमा खटिनेहरूको आलोचना नगरी सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे