• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१ घण्टा अघि
२

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

२ घण्टा अघि
३

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

२ घण्टा अघि
४

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

२ घण्टा अघि
५

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

४ घण्टा अघि
६

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

४ घण्टा अघि
७

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

४ घण्टा अघि
८

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

५ घण्टा अघि
९

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

५ घण्टा अघि
१०

भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

५ घण्टा अघि
११

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

५ घण्टा अघि
१२

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार (३ महिना अघि)

बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर

  • 2,236 Views
  • कर्जा, साइबर सुरक्षा र सुशासनमा गम्भीर कमजोरी, राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक

    ७ अर्ब ९८ करोडको कर्जा छानबिनमा ढिलाइ, सीमित ऋणीमात्र दोषी स्वीकार

    लघुवित्त र रेमिट्यान्स क्षेत्रमा राष्ट्र बैंककै निर्देशन कार्यान्वयनमा असमानता

    बैंक सुपरिवेक्षण प्रभावहीन ? जोखिम लुकाएर नाफा देखाइएको खुलासा

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण प्रणालीमै कमजोरी देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आकार र प्रकृतिअनुसार सुपरिवेक्षण टोली तथा जनशक्ति परिचालन गर्नुपर्ने कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नगर्दा बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापन, सुशासन र वित्तीय अनुशासन कमजोर बनेको पाइएको हो ।

    नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण नियमावली, २०७४ को विनियम १७(२) मा बैंक तथा वित्तीय संस्थाको आकार र प्रकृतिअनुसार निरीक्षकको संख्या निर्धारण गरी सुपरिवेक्षण गर्नुपर्ने व्यवस्था छ । तर, व्यवहारमा सोअनुसार जनशक्ति परिचालन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    राष्ट्र बैंकले तयार गरेको आर्थिक वर्ष २०८१/८२ को सुपरिवेक्षण प्रतिवेदनअनुसार वाणिज्य बैंकहरूमा जोखिम व्यवस्थापन पर्याप्त नरहेको, संस्थागत सुशासन कमजोर रहेको तथा कर्जा नोक्सानी व्यवस्था पर्याप्त नराखिएको देखिएको छ । यस्तै, केही बैंकले जोखिम भारित सम्पत्ति कम देखाएर पुँजीकोष पर्याप्तताको वास्तविक विवरण लुकाएको, मौज्दात निरीक्षण र ऋणी प्रमाणीकरण प्रक्रिया कमजोर रहेको समेत उल्लेख गरिएको छ ।

    प्रतिवेदनले वाणिज्य बैंकहरूको ऋण व्यवस्थापन प्रणाली नै कमजोर रहेको संकेत गरेको छ । साथै, केही बैंकले प्रिमियम दर वृद्धि गरी ब्याज असुल गरेको अवस्थासमेत औंल्याइएको छ ।

    त्यसैगरी, राष्ट्र बैंकले लागू गर्नुपर्ने सुपरिवेक्षण सूचना प्रणाली कार्ययोजना २०२२ पूर्ण रूपमा २०२५ भित्र कार्यान्वयन हुनुपर्ने भए पनि हालसम्म सीमित रूपमा मात्रै लागू भएको पाइएको छ । हाल सुपरिवेक्षण सूचना प्रणाली पोर्टलमार्फत दुई वटा दैनिक प्रतिवेदन मात्र तयार हुने गरेको र अन्य पाक्षिक, मासिक तथा त्रैमासिक प्रतिवेदनका लागि पुरानै रिपोर्टिङ प्रणाली प्रयोग भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

    महालेखाले बैंक सुपरिवेक्षणका क्रममा अन्तर्राष्ट्रिय ‘बासेल कोर प्रिन्सिपल’ को सिद्धान्त २४ अनुसार सहायक तथा सम्बद्ध कम्पनीमा निहित जोखिमको मूल्यांकन समेत प्रभावकारी रूपमा नभएको जनाएको छ । समूहगत जोखिम पहिचान र व्यवस्थापन कमजोर हुँदा समग्र वित्तीय प्रणालीमै असर पर्न सक्ने चेतावनी दिइएको छ ।

    डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षाको जोखिम बढिरहेका बेला सूचना प्रविधि तथा साइबर जोखिम निरीक्षणमा समेत कमजोरी देखिएको छ । सुपरिवेक्षण विभागले चालु वर्ष चार वाणिज्य बैंकमा जोखिममा आधारित साइबर निरीक्षण गर्ने योजना बनाएको भए पनि तीन बैंकमा मात्रै निरीक्षण सम्पन्न गरेको पाइएको छ ।

    प्रतिवेदनमा राष्ट्र बैंकभित्रकै समन्वय कमजोरीको उदाहरण पनि उल्लेख गरिएको छ । एक वाणिज्य बैंकलाई ८४ करोड ३९ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्न निर्देशन दिइएको थियो । तर सो निर्देशन पूर्ण रूपमा कार्यान्वयन नभइसकेकै अवस्थामा गैरस्थलगत निरीक्षण महाशाखाले साधारण सभा सञ्चालन र वित्तीय विवरण प्रकाशन गर्न स्वीकृति दिएको पाइएको छ ।

    यसका कारण वास्तविक नाफा १० करोड २८ लाख रुपैयाँ मात्र हुनुपर्ने बैंकले ९४ करोड ६७ लाख रुपैयाँ नाफा देखाएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले यस्तो स्वीकृति दिने जिम्मेवार व्यक्तिलाई उत्तरदायी बनाउनुपर्ने औंल्याएको छ ।

    नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था तथा रेमिट्यान्स कम्पनीहरूको सुपरिवेक्षणमा एकरूपता कायम गर्न नसकेको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार एउटै प्रकृतिका त्रुटिमा फरक–फरक निर्देशन दिइएको, कर्जा पुनर्संरचना दुरुपयोग भएको तथा रेमिट्यान्स कारोबारमा समेत उच्च जोखिम देखिएको हो ।

    नेपाल राष्ट्र बैंकद्वारा “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ अनुसार विपन्न तथा न्यून आय भएका व्यक्तिलाई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालनका लागि अधिकतम ७ लाख रुपैयाँसम्म कर्जा दिन सकिने व्यवस्था छ । साथै एउटै सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक मात्र सुविधा दिन पाइने प्रावधान रहेको छ ।

    तर प्रतिवेदनअनुसार एक लघुवित्त संस्थाले ६ जना ऋणीलाई एउटै अवधिमा समूह कर्जा र धितो कर्जा दुवै उपलब्ध गराउँदै ३८ लाख ३१ हजार रुपैयाँ प्रवाह गरेको पाइएको छ । त्यसबापत राष्ट्र बैंकले ५ लाख ८ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्न निर्देशन दिएको थियो ।

    यस्तै प्रकृतिको अर्को कैफियतमा अर्को लघुवित्त संस्थाले १४ जना ऋणीलाई नियमविपरीत कर्जा प्रवाह गरेको भए पनि सुपरिवेक्षण प्रतिवेदनमा रकम नै नखुलाई केवल निर्देशिका पालना गर्न निर्देशन दिइएको देखिएको छ । यसले राष्ट्र बैंकको कारबाही तथा सुपरिवेक्षण प्रणालीमा समान मापदण्ड नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यसैगरी, कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको विषयमा पनि राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा असमानता देखिएको छ । राष्ट्र बैंकको निर्देशन नं. २/०८१ अनुसार विशेष परिस्थितिमा परेको ऋणीलाई आवश्यकता र औचित्यका आधारमा एक पटकका लागि मात्र कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने व्यवस्था छ ।

    तर एक लघुवित्त संस्थाले १४७ जना ऋणीको १ करोड ३३ लाख ४ हजार रुपैयाँ बराबरको कर्जा पटक–पटक पुनर्तालिकीकरण गरेको पाइएको छ । सो अवस्थामा राष्ट्र बैंकले प्रणालीगत सुधार गर्न मात्र निर्देशन दिएको थियो । अर्कोतर्फ, अर्को लघुवित्तले ९४६ जना ऋणीको १४ करोड १३ लाख ६७ हजार रुपैयाँ बराबरको कर्जा बारम्बार पुनर्तालिकीकरण गरेकोमा ३ करोड ५९ लाख ५० हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्न निर्देशन दिइएको छ ।

    महालेखाले एउटै प्रकृतिको उल्लंघनमा फरक–फरक कारबाही हुनु नियामकीय एकरूपताको अभाव भएको संकेत गरेको भन्दै राष्ट्र बैंकलाई स्पष्ट र समान मापदण्ड लागू गर्न सुझाव दिएको छ ।

    प्रतिवेदनमा रेमिट्यान्स कारोबारतर्फ पनि गम्भीर कमजोरी औंल्याइएको छ । रेमिट्यान्स नियमावली, २०७९ अनुसार रेमिट्यान्स कम्पनीहरूले कारोबार सञ्चालन गर्दा रकम अनिवार्य रूपमा “प्रि–फन्डिङ” प्रणालीमार्फत नेपाल भित्र्याउनुपर्ने व्यवस्था छ । यदि रकम लाभग्राहीलाई भुक्तानी गरेपछि मात्र प्राप्त हुने अवस्था भए विदेशी बैंकको निसर्त ग्यारेन्टी वा नगद धरौटी अनिवार्य गर्नुपर्ने प्रावधान छ ।

    तर एक रेमिट कम्पनीले सन् २०२२ देखि विदेशी बैंकको जमानतबिनै “पोस्ट–फन्डिङ” आधारमा कारोबार सञ्चालन गरिरहेको पाइएको छ । साथै २५ वटा संस्थामध्ये अध्ययन गरिएका ४ संस्थाको वित्तीय विवरण विश्लेषण गर्दा विदेशी रेमिट्यान्स साझेदारसँग १ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ प्राप्त गर्न बाँकी रहेको देखिएको छ ।

    सहुलियतपूर्ण कर्जा, व्यवसाय निरन्तरता कर्जा तथा पुनर्कर्जाको दुरुपयोगसम्बन्धी छानबिन तथा कारबाही प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसकेको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंक सञ्चालक समितिले दिएको निर्देशन कार्यान्वयनमै सात महिना ढिलाइ भएको देखिएको हो ।

    राष्ट्र बैंक सञ्चालक समितिले २०८० माघ १० गते सुपरिवेक्षण विभागलाई सहुलियतपूर्ण कर्जा, व्यवसाय निरन्तरता कर्जा तथा पुनर्कर्जाको दुरुपयोगसम्बन्धी छानबिन, असुली र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । तर उक्त निर्णय कार्यान्वयनमा सात महिना ढिलाइ भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    सुपरिवेक्षण विभागले तयार पारेको प्रतिवेदनअनुसार स्वतन्त्र परामर्शदाताले कुल ७ अर्ब ९८ करोड रुपैयाँ बराबरको कर्जासम्बन्धी ७ हजार ७६५ ऋणीमा कैफियत पहिचान गरेका थिए । तर सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तीमध्ये केवल ८०२ ऋणीको कैफियत मात्र स्वीकार गरेका छन् ।

    स्वीकार गरिएका कैफियतअन्तर्गत २०८२ माघसम्म १३ करोड १३ लाख रुपैयाँ फिर्ता भएको र ५४ लाख ९० हजार रुपैयाँ अझै असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ ।

    प्रतिवेदनले दुरुपयोग भएको कुल कर्जा रकमको विस्तृत विवरण समावेश नगरिएको तथा बैंक तथा वित्तीय संस्थाले अस्वीकार गरेका कैफियतहरूको स्थलगत निरीक्षणमार्फत पुनः परीक्षणसमेत नभएको औंल्याएको छ ।

    त्यसैगरी, स्वतन्त्र परामर्शदाताले कुल ऋणीमध्ये केवल १८.३४ प्रतिशत नमुनाको मात्र परीक्षण गरेको देखिएको छ । महालेखाले सीमित नमुना परीक्षणले वास्तविक कर्जा दुरुपयोगको अवस्था पूर्ण रूपमा नदेखिन सक्ने भन्दै परीक्षणको दायरा विस्तार गर्नुपर्ने सुझाव दिएको छ ।

    प्रतिवेदनले सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जा कार्यक्रमको प्रभावकारिता कायम राख्न कर्जा उपयोगको निगरानी, स्थलगत परीक्षण र कारबाही प्रणालीलाई थप कडा तथा पारदर्शी बनाउन आवश्यक रहेको उल्लेख गरेको छ ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १ घण्टा अघि

  • २

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    २ घण्टा अघि

  • ३

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    २ घण्टा अघि

  • ४

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    २ घण्टा अघि

  • ५

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    ४ घण्टा अघि

  • ६

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    ४ घण्टा अघि

  • ७

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    ४ घण्टा अघि

  • ८

    प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै
    ५ घण्टा अघि

  • ९

    करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा
    ५ घण्टा अघि

  • १०

    भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    नेपालमा बनेको प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम उच्च, चीनद्वारा निगरानी तीव्र

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution