• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १३, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने

१४ घण्टा अघि
२

अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो

१८ घण्टा अघि
३

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

१९ घण्टा अघि
४

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसीको आकस्मिक बैठक

१९ घण्टा अघि
५

आईजीपीको विषयमा अल्झिनुभन्दा तातोपानी नाका चलाउन गोकुल बाँस्कोटाको सुझाव

१९ घण्टा अघि
६

कामना सेवा फुटसल कपको छैटौँ संस्करण कात्तिक १४ देखि, ३० टोली प्रतिस्पर्धामा

१९ घण्टा अघि
७

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, यस्तो छ दर

२0 घण्टा अघि
८

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

२१ घण्टा अघि
९

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिँदै

२१ घण्टा अघि
१०

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, भारी वर्षा र हिमपातको सम्भावना

२१ घण्टा अघि
११

भारतमा अर्नब चक्रवातको ताण्डव ,विद्युत् र रेलसेवा प्रभावित

१ दिन अघि
१२

एलपी ग्यास किन्दा अब अनिवार्य भ्याट बिल दिनुपर्ने, नदिए कारबाही हुने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण १७, आईतबार (२ महिना अघि)

राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

  • 2,236 Views
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको निष्कर्ष निकाल्दै तीन वाणिज्य बैंकमाथि फरक–फरक प्रकृतिको कारबाही गरेको छ। राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक सचेत गराएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम चाल्ने प्रतिबद्धतासहित कबुलियतनामा गराएको छ। प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई भने ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

    राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ मा तोकिएको व्यवस्थाविपरीत सम्बन्धित निकायबाट अनुरोध प्राप्त भएपछि समयमै बैंक खाता रोक्का नगरेको पाइएको थियो। नियामकीय निर्देशन उल्लंघन गरेको ठहर गर्दै राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम बैंकलाई पहिलो पटक सचेत गराइएको हो।

    त्यस्तै, कृषि विकास बैंकले पनि ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ तथा त्यसको प्रथम संशोधनमा रहेको व्यवस्थाअनुसार समयमै बैंक खाता रोक्का नगरेको राष्ट्र बैंकले जनाएको छ। सोही कारण बैंकलाई पहिलो पटक सचेत गराउँदै भविष्यमा सम्बन्धित निकायबाट अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवाको प्रक्रिया तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

    प्रभु बैंकको हकमा भने राष्ट्र बैंकले तुलनात्मक रूपमा कडा कारबाही गरेको छ। समष्टिगत स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर प्रकृतिका कैफियत सुधार गर्न राष्ट्र बैंकले यसअघि पटक–पटक निर्देशन दिए पनि आवश्यक सुधार नभएको जनाएको छ।

    राष्ट्र बैंकका अनुसार २०८१ सालको निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियत सुधार गर्न निर्देशन दिइएको थियो। तर, २०८२ सालमा गरिएको जोखिममा आधारित निरीक्षणका क्रममा समेत अपेक्षित सुधार नभएपछि बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम अवलम्बन गर्ने प्रतिबद्धतासहित कबुलियतनामा गराइएको हो। यस्तो कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ख) बमोजिम गरिएको राष्ट्र बैंकले जनाएको छ।

    यसैगरी, प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई समेत राष्ट्र बैंकले व्यक्तिगत रूपमा कारबाही गरेको छ। कर्जा वर्गीकरणसम्बन्धी निर्देशन पालना नगरेको, आवश्यक कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा निरीक्षणका क्रममा औँल्याइएका अधिकांश कैफियत सुधार नगरेको राष्ट्र बैंकको निष्कर्ष छ।

    त्यसका साथै, राष्ट्र बैंकमा पेस गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणबीच समेत असमानता देखिएको राष्ट्र बैंकले जनाएको छ। यी कमजोरीका आधारमा शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको हो।

    तीनवटै बैंकमाथिको कारबाहीले बैंक तथा वित्तीय संस्थाले नियामकीय निर्देशन, खाता रोक्का तथा फुकुवा प्रक्रिया, कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थालगायतका विषयमा तोकिएका प्रावधानको प्रभावकारी रूपमा पालना गर्नुपर्ने राष्ट्र बैंकको नियामकीय सन्देशलाई थप स्पष्ट पारेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    २० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने
    १४ घण्टा अघि

  • २

    अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो
    १८ घण्टा अघि

  • ३

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह
    १९ घण्टा अघि

  • ४

    आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसीको आकस्मिक बैठक
    १९ घण्टा अघि

  • ५

    आईजीपीको विषयमा अल्झिनुभन्दा तातोपानी नाका चलाउन गोकुल बाँस्कोटाको सुझाव
    १९ घण्टा अघि

  • ६

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण कात्तिक १४ देखि, ३० टोली प्रतिस्पर्धामा
    १९ घण्टा अघि

  • ७

    नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, यस्तो छ दर
    २0 घण्टा अघि

  • ८

    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
    २१ घण्टा अघि

  • ९

    कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिँदै
    २१ घण्टा अघि

  • १०

    चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, भारी वर्षा र हिमपातको सम्भावना
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ३

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा
    ६

    दुई लाख चार हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति, यूएई पहिलो गन्तव्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution