
काठमाडौं । ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोषमा जम्मा भएको रकम र विपद् व्यवस्थापनका लागि सरकारले गरिरहेको कामबारे जानकारी दिएका हुन्।
प्रधानमन्त्रीका अनुसार सरकारले बाढी तथा अन्य विपद्का बेला राहत र उद्धारको कामलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइसकेको छ।
उक्त रकममध्ये अहिलेसम्म १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ पठाइएको उनले बताए। यो रकम विपद्मा परेका नागरिकलाई राहत, उद्धार तथा आवश्यक सहयोगका लागि प्रयोग गरिनेछ।
प्रधानमन्त्री शाहले विपद्को कठिन समयमा उपलब्ध स्रोत र साधनको सही तथा अधिकतम प्रयोग गरेर नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले राहत तथा उद्धारका कामलाई प्राथमिकतामा राखेर अघि बढिरहेको पनि जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे