
काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा बिहीबार मध्यमसम्म वर्षा हुने मौसमविद्ले बताएका छन्। ती जिल्लामा दिउँसो ठूलो पानी पर्ने सम्भावना कम भए पनि राति एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। मनसुन अहिले पश्चिमतर्फ बढी सक्रिय भएकाले आगामी तीन दिन मौसममा ठूलो सुधार आउने सम्भावना छैन।
मौसम पूर्वानुमानअनुसार आज देशभर आकाश सामान्यतया बादलले ढाकिनेछ। हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपात हुन सक्छ। कोशी, बागमती र गण्डकीका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुनसक्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक–दुई ठाउँमा भारी वर्षा हुन सक्छ। वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे