
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। बैठकको सुरुमै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे सांसदहरूलाई जानकारी दिने कार्यक्रम तय भएको छ।
सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार प्रधानमन्त्रीले बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा जानकारी गराउनेछन्।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्रीको सम्बोधनपछि सभामुख अर्यालले बाढी र त्यसबाट उत्पन्न विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसअघि विभिन्न राजनीतिक दलका नेताहरूले संसद्मा आफ्नो धारणा राख्नेछन्। बैठकमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे