
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीमा ज्यान गुमाएकाप्रति सम्मान व्यक्त गर्दै घटनाको १३औँ दिनको पुण्यतिथिको अवसर पारेर राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रवक्ता पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले रसुवा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्न राष्ट्रिय शोक मनाउन लागेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे