
काठमाडौँ । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममा जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको तस्वीर राख्दै विवाह भएको पुष्टि गरेका हुन्।
रोनाल्डो र जर्जिना लामो समयदेखि प्रेम सम्बन्धमा थिए र उनीहरूका सन्तान पनि छन्। उनीहरूको विवाहबारे यसअघि धेरै चर्चा भए पनि रोनाल्डोले पहिलोपटक सामाजिक सञ्जालमार्फत औपचारिक जानकारी दिएका हुन्।
यसैबीच, २०२६ को फिफा विश्वकप रोनाल्डोको अन्तिम विश्वकप बनेको छ। स्पेनसँगको अन्तिम १६ को खेलमा पोर्चुगल १–० ले पराजित भएपछि टोली प्रतियोगिताबाट बाहिरिएको थियो। रोनाल्डोले विश्वकपमा २० वर्ष लामो यात्रा पूरा गरेका छन्। उनले सन् २००६ मा पहिलोपटक विश्वकप खेलेका थिए।
रोनाल्डोले विश्वकपमा २७ खेल खेल्दै ११ गोल गरेका छन्। २०२६ को विश्वकपमा उनले पाँच खेलमा तीन गोल गरे। विश्वकपको उपाधि जित्न नसके पनि क्लब फुटबलमा उनले उत्कृष्ट करियर बनाएका छन्। विश्वकप यात्रा सकिएसँगै रोनाल्डोको व्यक्तिगत जीवनमा पनि नयाँ अध्याय सुरु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे