
काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहले सुरुङभित्र रहेका अन्य सबै व्यक्ति पनि सकुशल रहेको बताएका छन्।
बाढीपछि सुरुङभित्र फसेका साह र कविर महर्जनलाई केही समयअघि उद्धार गरिएको हो। साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्।
उद्धारपछि बाहिर आएका साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको अवस्था पनि राम्रो रहेको जानकारी दिएका छन्। यसले सुरुङभित्र फसेका अन्य व्यक्तिको उद्धार हुने आशा बढाएको छ।
उद्धार गरिएका साह र महर्जनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे