
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवनसमेत प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहँदै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक योगदान गरेको स्पष्ट पारेको छ।
बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीपछि सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैंकले गरेको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे