• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१ घण्टा अघि
२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

२ घण्टा अघि
३

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

२३ घण्टा अघि
४

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
५

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि
६

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ दिन अघि
७

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ दिन अघि
८

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

१ दिन अघि
९

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

१ दिन अघि
१०

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

१ दिन अघि
११

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

१ दिन अघि
१२

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ १३, बुधबार (३ महिना अघि)

सर्वोच्चको फैसला: राष्ट्र बैंकको साधारण सजायले पनि अयोग्यता सिर्जना हुन्छ, तर पदमुक्त गर्न परमादेश जारी गर्न नमिल्ने

  • 2,600 Views
  • काठमाडौँ – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाका सञ्चालक वा पदाधिकारीमाथि गरेको ‘सचेत गराउने’ वा ‘नसिहत दिने’ जस्ता साधारण सजायले पनि ती व्यक्ति भविष्यमा सञ्चालक हुन अयोग्य हुने कानुनी व्यवस्था सिर्जना हुने स्पष्ट पारेको छ। तथापि, उक्त सजाय भएको आधारमा तत्काल पदमुक्त गर्नुपर्ने भनी रिट निवेदकले माग गरेबमोजिम परमादेशको आदेश भने नजारी गर्ने ठहर गरेको छ।

    अदालतले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२) अन्तर्गत गरिने सजायलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १८(१)(ड) को अयोग्यतासँग जोड्दै उक्त व्यवस्था ‘निष्प्रभावी हुन जाने’ अवस्था नआउन नियमनकारी निकायलाई निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रस्तुत मुद्दामा रिट निवेदकले राष्ट्र बैंकले कारवाही गरेका विभिन्न बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखलाई पदबाट हटाउन माग गरेकोमा सो माग बमोजिमको आदेश भने जारी हुन नसक्ने ठहर गरेको हो। अदालतको पूर्णपाठमा भनिएको छ:

    “नेपाल राष्ट्र बैंकले दफा १००(२)(ङ) बमोजिम सञ्चालकलाई पदबाट हटाउने आदेश नदिएसम्म त्यस्ता सञ्चालक वा पदाधिकारी उक्त पदमा बहाल रहन सक्ने नै देखियो।”

    यसरी बिना पदमुक्तिको विशिष्ट आदेश (ङ) अन्तर्गतको सजाय) अन्य साधारण सजाय मात्र भएको आधारमा पदमुक्त गर्न नमिल्ने अदालतको निष्कर्ष छ।

    अदालतले स्पष्ट पारेको छ – नेपाल राष्ट्र बैंक ऐनको दफा १००(२) को खण्ड (क) देखि (घ) सम्म (सचेत गराउने, नसिहत, जरिवाना आदि) जस्ता सजायले पनि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १८(१)(ड) बमोजिमको अयोग्यता सिर्जना गर्ने व्याख्या गरेको छ। अदालतको भनाइमा:

    “सजायको परिणाम स्वरुप उत्पन्न हुने कानूनी अयोग्यता सबै सजायमा समान रुपमा लागू हुने देखियो।”

    तथापि, उक्त अयोग्यता कार्यान्वयनका लागि राष्ट्र बैंकबाट थप निर्णय (दफा १९(३) बमोजिम) हुनुपर्ने अवस्था रहेकाले रिट निवेदकको मागबमोजिम प्रत्यक्ष परमादेश जारी गर्न नमिल्ने ठहर गरिएको हो।

    अदालतले रिट निवेदन खारेज गरे पनि प्रत्यर्थी नेपाल राष्ट्र बैंकलाई निम्न निर्देशनात्मक आदेश जारी गरेको छ:

    • बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीको अयोग्यता सम्बन्धी कानूनी व्यवस्थाको अनिवार्य परिपालना गर्न गराउन सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई लेखी पठाउने।

    • सोको पालना भए–नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्नु गराउने।

    यसलाई अदालतले ‘सुशासन कायम गरी बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि’ गर्न आवश्यक कानूनको प्रभावकारी परिपालनाको संज्ञानमा जारी गरेको हो।

    • अदालतले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०९ (अन्य ऐनमा जुनसुकै लेखिएको भए पनि यस ऐनबमोजिम हुने) को आलोकमा दफा १००(२)(ङ) मात्र पदमुक्तिको वैधानिक आधार भएको व्याख्या गरेको छ।

    • मिसिल संलग्न कागजातअनुसार राष्ट्र बैंलले व्याजदर घटी–बढी लिने लगायत कार्यमा सजाय गरेको देखिएकोमा ‘साधारण सजाय’ मात्र भन्न नमिल्ने अदालतको तर्क छ।

    • फैसलाको पूर्णपाठ तत्काल तयार नभएको तथा सर्वोच्च अदालतमा मिति २०८२/०५/२४ मा भएको आगजनीका कारण मिसिल, टिपोट कापी आदि फेला नपरेको उल्लेख गरिएको छ।

    यस फैसलाले नेपाल राष्ट्र बैंकबाट दफा १००(२) अन्तर्गत सजाय पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका सञ्चालक, पदाधिकारी तथा कार्यकारी प्रमुखहरूलाई प्रत्यक्ष असर गर्ने देखिन्छ। तथापि, तत्काल पदमुक्तिको आदेश नभए पनि उनीहरूको अयोग्यताको विषय राष्ट्र बैंकको नियमनको दायरामा रहने अवस्था सिर्जना भएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    १ घण्टा अघि

  • २

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    २ घण्टा अघि

  • ३

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    २३ घण्टा अघि

  • ४

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १ दिन अघि

  • ५

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    १ दिन अघि

  • ६

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ दिन अघि

  • ७

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ दिन अघि

  • ८

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    १ दिन अघि

  • ९

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    १ दिन अघि

  • १०

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution