
काठमाडौँ । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीबाट सिर्जित विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरिएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।
चालु आर्थिक वर्षदेखि विभागले प्रत्येक महिनाको १ गते र १६ गते नियमित रूपमा करदाता प्रोत्साहन पुरस्कार घोषणा गर्दै आएको थियो। तर, पछिल्लो प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रको अवस्था र विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै भदौ १६ गतेको कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको विभागले जनाएको छ।
विभागका अनुसार स्थगित भएको १५ दिनको अवधिसहित भदौ महिनाभरिका करदाता प्रोत्साहन पुरस्कारका विजेताको घोषणा अब असोज १ गते एकैपटक गरिनेछ। विभागले आगामी असोज १ गते भदौ महिनाका लागि निर्धारित पुरस्कार घोषणा गर्ने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे