
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीलाई जीवितै उद्धार गरिएको छ।
सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङबाट सञ्जय साह र कविर महर्जनलाई सकुशल बाहिर निकालिएको हो। सञ्जय साह आयोजनामा मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा काम गर्दै आएका थिए।
सुरुङभित्र अझै केही व्यक्ति फसेको जानकारी प्राप्त भएको छ। उनीहरूको अवस्था पत्ता लगाएर सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोलीले खोज तथा उद्धार गरिरहेका छन्।
सुरुङबाट दुई जनाको जीवितै उद्धार भएपछि भित्र फसेका अन्य व्यक्तिहरूलाई पनि सकुशल बाहिर निकाल्न सकिने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र थप मानिसको खोजीलाई निरन्तरता दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे