• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो

१0 घण्टा अघि
२

बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित

१0 घण्टा अघि
३

भोटेकोशी बाढी:बाढी प्रभावित चार जिल्लामा टेलिकम सेवा निःशुल्क

१0 घण्टा अघि
४

रसुवागढी भन्सारका करिब ५०० गाडी बाढीले बगाएको अनुमान

१0 घण्टा अघि
५

बाढी प्रभावितलाई सुरक्षित स्थानमा जान र अफवाह नफैलाउन रबि लामिछानेको अपिल

१२ घण्टा अघि
६

बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र मेडिकल टोली परिचालन ,१२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गर्न प्रधानमन्त्रीको आग्रह

१२ घण्टा अघि
७

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक

१३ घण्टा अघि
८

संसदमा आज प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम ,११ सांसदले सोध्नेछन् प्रश्न

१३ घण्टा अघि
९

भोटेकोशीमा ठूलो बाढी ,त्रिशूली आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह

१३ घण्टा अघि
१०

गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार

१८ घण्टा अघि
११

महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्का सर्वोच्चमा

१ दिन अघि
१२

कालो कि सेतो होइन, काम गर्ने चस्मा चाहियो:ज्ञानेन्द्र शाही

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र २७, आईतबार (४ साल अघि)

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

  • 5,400 Views
  • राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ । कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको थियो । यतिबेला वर्षाको मौसम पनि छ । सोही कारण प्रणालीमा बिजुली फालाफाल छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार माथिल्लो तामाकोशी जोडिएपछि वर्षाकालमा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।

     

    आत्मनिर्भर भए पनि ठूलोमात्रामा दैनिक बिजुली खेर जाँदा त्यसले राम्रो गरेको छैन । दैनिक रु चार करोड बराबरको घाटा प्राधिकरणलाई लागिरहेको छ । यस्तो बेलामा बढी भएको बिजुली भारततर्फ निर्यात गर्नु नै नेपालको हितको विषय हुन जान्छ । तर, भारत सरकारको तर्फबाट कुनै सहमति प्राप्त हुन सकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हालै गर्नुभएको भारत भ्रमणका क्रममा बढी भएको बिजुलीको सहज बजार प्रवेशका लागि भारतीय अधिकारी समक्ष आग्रह गरेका छन् ।

    नेपालमा बढी भएको बेला भारतमा, नेपाललाई चाहिएका बेला भारतबाट आयात गर्ने विषयमा भारतीय अधिकारीसँग घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले छलफल गरेको छ । प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको विहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदान गर्ने प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदानप्रदान हुँदै आएको छ ।

    बर्खाका ६ महिना नेपालबाट विद्युत् विहार पठाउने र हिउँदका छ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदानप्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । “बर्खाका महिनामा २४ सै घण्टा २०० मेगावाट एवं राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिनेछ”, उनले भने ।

    “यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ, यदि पारस्परिक विद्युत् आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत् कारोबारको कोशेढुङ्गा सावित हुने छ”, उनले भने, “यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौँ, केही दिनभित्रमा यस बारेमा ठोस निर्णय आउने विश्वास छ ।”
    साँझ ५ बजेदेखि १० बजेसम्म नेपालमा अत्यधिक बिजुलीको माग हुने गरेको छ । त्यस आधारमा कूल उच्च माग एक हजार ५४३ मेगावाटसम्म पुगेको छ । प्रणालीमा भने झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध हुने गरेको छ । निर्माणमा रहेका अधिकांश आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् । यस आधारमा हरेक महिना बिजुलीको मात्रा थप हुँदै जाने देखिन्छ ।

    कार्यकारी निर्देशक घिसिङका अनुसार यस वर्षको बाँकी तीन महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष तीन अर्ब ७९ करोड युनिट ऊर्जा विहारलाई दिन सकिने छ । हिउँद याममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । यसले गर्दा बर्खामा खेर जाने विद्युत्को उच्चतम प्रयोग हुनेछ । अहिले विहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर विन्दुबाट २४ सै घण्टा विद्युत् नर्थ विहार पावर डिष्ट्रिब्युसन कम्पनी लिमिटेडलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ ।

    साथै राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिनेछ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुने विश्वास प्राधिकरणको छ । बर्खामा उत्पादित विद्युत् आन्तरिकरुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएका थिए ।

    बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बद्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनीयर राजु महर्जन सहभागी रहेका छन् । टोलीले बिहीबार विहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सञ्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदानप्रदानका विषयमा छलफल एवं प्रस्ताव गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको सङ्ख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था, दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीसँग विस्तृत छलफल गरेको थियो ।

    प्राधिकरणले हालसम्म ३४६ आयोजनासँग छ हजार १७६ मेगावाट बराबरको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । यसमध्ये १११ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । आयोजनाको जडित क्षमता एक हजार ३०० मेगावाट छ । त्यस्तै तीन हजार ३४ मेगावाट क्षमता बराबरका १३६ आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन अवस्थामा छन् । एक हजार ८४१ मेगावाट जडित क्षमताका ९९ आयोजना वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको प्राधिकरणको भनाइ छ ।

    भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत् बिक्री गर्न सहमतिका लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारी, केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारी एवं नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पिटिसी) का पदाधिकारीसँग विस्तृत छलफल गरिएको थियो । कार्यकारी निर्देशक घिसिङले भने, “यसको नतिजा केही दिनमा आउन सक्छ ।” प्राधिकरणको यो प्रस्तावले स्वीकृति पाएमा नेपालको खेर जाने बिजुलीको सदुपयोग हुने र त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यसमेत राम्रो हुने विश्वास लिइएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो
    १0 घण्टा अघि

  • २

    बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित
    १0 घण्टा अघि

  • ३

    भोटेकोशी बाढी:बाढी प्रभावित चार जिल्लामा टेलिकम सेवा निःशुल्क
    १0 घण्टा अघि

  • ४

    रसुवागढी भन्सारका करिब ५०० गाडी बाढीले बगाएको अनुमान
    १0 घण्टा अघि

  • ५

    बाढी प्रभावितलाई सुरक्षित स्थानमा जान र अफवाह नफैलाउन रबि लामिछानेको अपिल
    १२ घण्टा अघि

  • ६

    बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र मेडिकल टोली परिचालन ,१२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गर्न प्रधानमन्त्रीको आग्रह
    १२ घण्टा अघि

  • ७

    भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक
    १३ घण्टा अघि

  • ८

    संसदमा आज प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम ,११ सांसदले सोध्नेछन् प्रश्न
    १३ घण्टा अघि

  • ९

    भोटेकोशीमा ठूलो बाढी ,त्रिशूली आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह
    १३ घण्टा अघि

  • १०

    गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    ४

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ५

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ६

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution