• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ११, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

२ घण्टा अघि
२

कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा

२ घण्टा अघि
३

नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

३ घण्टा अघि
४

देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

४ घण्टा अघि
५

इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’

५ घण्टा अघि
६

साउन सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो

५ घण्टा अघि
७

कैलालीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

५ घण्टा अघि
८

‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन

५ घण्टा अघि
९

सुनसरी तनावग्रस्त: झडपपछि पाँच क्षेत्रमा निषेधाज्ञा, अनुसन्धान जारी

६ घण्टा अघि
१०

देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्धारा दुःख व्यक्त ,सामाजिक सद्भाव कायम राख्न आग्रह

६ घण्टा अघि
११

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, परीक्षणपछि सबै सवारीलाई प्रवेश दिइने

६ घण्टा अघि
१२

६५५ सन्धि–सम्झौतमध्ये ६०० पुनरावलोकन तथा परिमार्जनको आवश्यकता

१२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७९ पौष २२, शुक्रबार (३ साल अघि)

आजबाट श्रीस्वस्थानी व्रत सुरु

  • 4,372 Views
  • काठमाडौँ, २२ पुस ।  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ।

    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ।

    बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ।

    चढाइएका प्रसादमध्ये सबैबाट आठ(आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।

    सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो।

    उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानअर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ। रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ।

    सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
    २ घण्टा अघि

  • २

    कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा
    २ घण्टा अघि

  • ३

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु
    ३ घण्टा अघि

  • ४

    देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
    ४ घण्टा अघि

  • ५

    इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’
    ५ घण्टा अघि

  • ६

    साउन सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो
    ५ घण्टा अघि

  • ७

    कैलालीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु
    ५ घण्टा अघि

  • ८

    ‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन
    ५ घण्टा अघि

  • ९

    सुनसरी तनावग्रस्त: झडपपछि पाँच क्षेत्रमा निषेधाज्ञा, अनुसन्धान जारी
    ६ घण्टा अघि

  • १०

    देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्धारा दुःख व्यक्त ,सामाजिक सद्भाव कायम राख्न आग्रह
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ३

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ४

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

    नेपाल नक्सा
    ५

    सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

    नेपाल नक्सा
    ६

    चार प्रकारका चाउचाउ बजारबाट तत्काल फिर्ता लिन विभागको आदेश, बिक्री–वितरणमा नगर्न/नगराउन हुन आदेश जारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution