
काठमाडौँ । देशभरका सरकारी कार्यालयमा भोलि सोमबारदेखि जाडोयामको कार्यालय समय लागू हुने भएको छ। नयाँ समयतालिकाअनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका कार्यालय अब एक घण्टा अगावै बन्द हुनेछन्।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा परिवर्तित कार्यालय समय लागू हुनेछ। यस अवधिमा कार्यालयको दैनिक सञ्चालन अवधि सात घण्टामा सीमित हुनेछ।
सरकारले जाडोयाममा दिन छोटो हुने भएकाले हरेक वर्ष कार्यालय सञ्चालनको समय समायोजन गर्दै आएको छ। सोही व्यवस्थाअनुसार यस वर्ष पनि कात्तिक १६ देखि माघ १५ गतेसम्म नयाँ समयतालिका कायम गरिएको हो।
यो व्यवस्था शैक्षिक संस्थाबाहेकका सम्बन्धित सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे