• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ११, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

११ घण्टा अघि
२

कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा

११ घण्टा अघि
३

नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

१२ घण्टा अघि
४

देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

१३ घण्टा अघि
५

इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’

१४ घण्टा अघि
६

साउन सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो

१४ घण्टा अघि
७

कैलालीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

१४ घण्टा अघि
८

‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन

१४ घण्टा अघि
९

सुनसरी तनावग्रस्त: झडपपछि पाँच क्षेत्रमा निषेधाज्ञा, अनुसन्धान जारी

१५ घण्टा अघि
१०

देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्धारा दुःख व्यक्त ,सामाजिक सद्भाव कायम राख्न आग्रह

१५ घण्टा अघि
११

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, परीक्षणपछि सबै सवारीलाई प्रवेश दिइने

१५ घण्टा अघि
१२

६५५ सन्धि–सम्झौतमध्ये ६०० पुनरावलोकन तथा परिमार्जनको आवश्यकता

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८० आश्विन ७, आईतबार (२ साल अघि)

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

  • 2,785 Views
  • बागलुङ, असोज ७   । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ ।

    गत चैत र वैशाखमा परेको असिनाका कारण उहाँको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उहाँले विसं २०४८ देखि  परम्परागत तरिकाले स्याउखेती गर्दै आउनुभएको छ ।  उहाँको मसगाउँमा रहेको १५ रोपनी जग्गामा स्याउखेती छ । दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको बताउनुभयो । “गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिए, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो”, किसान बुढाथोकीले भन्नुभयो, “चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो, ढोरपाटन र निसेलढोर क्षेत्रमा पहिलोपटक असिना परेको थियो ।”

    असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश भएको अगुवा स्याउ किसान बुढाथोकीले बताउनुभयो । परम्परगात स्याउखेती सफल नहुँदा निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । उहाँले आफ्नो व्यक्तिगतरूपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राख्नुभएको छ ।

    उहाँले यस वर्ष दुई सय इटालियन प्रजातिका बिरुवा थप गर्नुभएको छ । “ढोरपाटन स्याउ ब्लकको अध्यक्षसमेत भएँ, अहिले सामूहमा काम गरेका छौँ, ढोरपाटन र निसेलढोका स्याउ किसानको नेतृत्व म आफँै गरिरहेको छु, परम्परागत स्याउ भएन”, उहाँले भन्नुभयो, “इटालियन प्रजातिको स्याउ फस्टाएको छ तर यस वर्ष भने स्याउ उत्पादनमा निकै कमी आयो असिनाले स्याउका फूल झार्दा उत्पादन न्यून  भएको हो ।”

    ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात् कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाएको थियो ।  तर कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । स्याउको परीक्षण सफल भएपछि अहिले पुनः नयाँ बिरुवा थप भइरहेको छ ।

    सो क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौँ भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ ।  ढोरपाटन उपत्यका, सेन्तुङ, श्यालपाखे र निसेलढोर, मसलगायतको स्थानमा परम्पराकालदेखि नै फ्याट्टफुट्ट स्याउखेती हुने गरे पनि त्यसले व्यावसायिकता पाउन थिएन ।

    ढोरपाटन–९ ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले समेत एक सय ८१ वटा बिरुवामा केही बिरुवामा गत वर्षदेखि स्याउ फल्न थालेको बताउँदै यस वर्ष भने असिनाका कारण स्याउ निकै कम फलेको बताउनुभयो ।

    यहाँका स्थानीय परम्परागत स्याउखेती छाडेर इटालियन प्रजातिको स्याउखेती लगाउन अग्रसर भए पनि यसपटक ढोरपाटन क्षेत्रको स्याउ उत्पादनमा भारी गिरावट आएको किसान रामबहादुरले बताउनुभयो । ढोरपाटन क्षेत्रमा दुई सयभन्दा बढी किसानले परम्परागत र एक दर्जन किसानले व्यावसायिक स्याउखेती गर्दै आएका छन् । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
    ११ घण्टा अघि

  • २

    कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा
    ११ घण्टा अघि

  • ३

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु
    १२ घण्टा अघि

  • ४

    देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
    १३ घण्टा अघि

  • ५

    इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’
    १४ घण्टा अघि

  • ६

    साउन सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो
    १४ घण्टा अघि

  • ७

    कैलालीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु
    १४ घण्टा अघि

  • ८

    ‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन
    १४ घण्टा अघि

  • ९

    सुनसरी तनावग्रस्त: झडपपछि पाँच क्षेत्रमा निषेधाज्ञा, अनुसन्धान जारी
    १५ घण्टा अघि

  • १०

    देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्धारा दुःख व्यक्त ,सामाजिक सद्भाव कायम राख्न आग्रह
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ३

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ४

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

    नेपाल नक्सा
    ५

    चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा

    नेपाल नक्सा
    ६

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution