
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा सुरक्षित व्यावसायिक जहाज आवागमनसम्बन्धी अमेरिका–इरान प्रयासमा ओमानले अवरोध गरे सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानले आत्मसमर्पणको संकेत दिनुपर्ने बताए पनि तत्काल कुनै समयसीमा नरहेको स्पष्ट पारे।
यसैबीच, इरान र ओमानले होर्मुजबाट जहाज सुरक्षित रूपमा सञ्चालन गर्ने विषयमा वार्ता गरिरहेका छन्। दुवै देशले संयुक्त ढुवानी मार्गको नक्सा पनि तयार गरेका छन्। इरानले वार्ता जटिल भएकाले सहमति हुन समय लागेको जनाएको छ।
होर्मुज विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग भएकाले यहाँको तनावले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा असर पार्न सक्ने चिन्ता बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे