
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका ३६ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त माग गरेको छ। मंगलबार सूचना जारी गर्दै महानगरले २२ वटा माध्यमिक र १४ वटा आधारभूत विद्यालयमा रिक्त रहेका तथा छिट्टै खाली हुने प्रधानाध्यापक पदका लागि आवेदन खुलाएको हो।
महानगरका अनुसार तोकिएको योग्यता पुगेका स्थायी शिक्षकहरूले प्रधानाध्यापक पदका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनसहितको नियम ९३ को उपनियम (२) र महानगरपालिकाले गरेको निर्णयअनुसार सञ्चालन गरिनेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे