
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारअन्तर्गत काम गर्ने कर्मचारीलाई अब हरेक १५ दिनमा तलबभत्ता दिने व्यवस्था गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ। सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र पठाउँदै १५ दिन काम गरेपछि अर्धमासिक रूपमा तलबभत्ता उपलब्ध गराउन भनिएको हो।
यो व्यवस्था अर्थमन्त्रीस्तरबाट जारी भएको नीतिगत मार्गदर्शनअनुसार गर्न लागिएको हो। साथै, बजेटमा व्यवस्था गरिएको कर्मचारी प्रोत्साहन भत्ता पनि उपलब्ध गराउन कार्यालयहरूलाई अनुरोध गरिएको छ। सम्बन्धित सरकारी निकायले भुक्तानीका लागि रकम माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सोहीअनुसार तलब तथा भत्ता निकासा गर्न पनि निर्देशन दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे