
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुख र उपसभामुखले आफ्नो पदको मर्यादा र संविधानको भावना अनुसार निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका छन्। निर्वाचित भएपछि सभामुख र उपसभामुख कुनै दलको पक्षमा नलागी सबै सांसदप्रति समान व्यवहार गर्नुपर्ने उनको भनाइ छ। पोखरेलले सभामुखको भूमिकामाथि प्रश्न उठे पनि सुधारको प्रयास देखिएको बताए। तर उपसभामुखको भूमिकामा पनि कमजोरी देखिएको उनको आरोप छ।
उनका अनुसार उपसभामुखले आफ्नो दलबाट टाढा रहने नाममा सत्तापक्षलाई समर्थन गर्नु उचित होइन। यस्तो व्यवहारले संविधान र संसदीय व्यवस्थाको मूल भावना कमजोर पार्न सक्ने उनले बताए। साथै, अनुभवको कमीका कारण पदअनुसारको आचरणमा केही कमजोरी भएको हुनसक्ने भन्दै उपसभामुखले आफ्नो भूमिकामा सुधार गर्नुपर्ने पोखरेलको सुझाव छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे