
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। प्रदेशसभामा सरकार जोगाउन ५३ सांसदको समर्थन आवश्यक भए पनि उनको पक्षमा कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्र थिए। आवश्यक बहुमत जुटाउन नसकेपछि उनले विश्वासको मत लिनुअघि नै राजीनामा दिने निर्णय गरेका हुन्।
उनले राजनीतिक स्थायित्वका लागि नयाँ सरकार बनाउन बाटो खोल्न राजीनामा दिएको बताए। यसअघि एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। नयाँ गठबन्धन बने पनि नयाँ सरकारका लागि आवश्यक बहुमत अझै स्पष्ट भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे