
काठमाडौँ । चर्चित जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। केही समयदेखि बिरामी रहेका श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको हो। श्रेष्ठ करिब ६० वर्षदेखि साहित्य क्षेत्रमा सक्रिय थिए। उनले नेपाल भाषा र नेपाली दुवै भाषामा कविता, गीतलगायत विभिन्न साहित्यिक रचना गरेका थिए।
उनका ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत निकै लोकप्रिय छन्। उनका रचनाले नेपाली साहित्य र संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
नेपाल भाषा परिषद्ले करिब २० वर्षअघि श्रेष्ठलाई उनको साहित्यिक योगदानको सम्मान गर्दै ‘जनकवि’को उपाधि दिएको थियो। नेपाल भाषामा उनका एक दर्जनभन्दा बढी पुस्तक तथा साहित्यिक कृति प्रकाशित छन्। श्रेष्ठको निधनले नेपाली तथा नेपाल भाषा साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे