
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँगको छलफलपछि आफ्नो आन्दोलन फिर्ता लिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलमा संघले राखेका १५ वटा मागबारे विस्तृत रूपमा कुरा भएको थियो।
संघले साउन २२ गतेदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको थियो। भदौ ७ गतेदेखि विदेश जाने श्रमिक पठाउने कामसमेत रोक्ने चेतावनी दिएको थियो। यसले वैदेशिक रोजगारीको तयारीमा रहेका श्रमिकमा अन्योल बढेको थियो।मन्त्रालयले व्यवसायीका धेरै माग कानुन र नियम परिवर्तनसँग सम्बन्धित रहेको जनाएको छ। वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन कानुन संशोधन प्रक्रिया छिटो अघि बढाउने मन्त्रालयले प्रतिबद्धता जनाएको छ।
सहमति भएपछि संघले आजैदेखि सबै आन्दोलनका कार्यक्रम रोक्ने जनाएको छ। यससँगै विदेश जान तयारी गरिरहेका नेपाली श्रमिकलाई तत्काल राहत मिलेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे