
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। नेपाली कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
कांग्रेसले एमालेसँगको सहकार्य तोडेपछि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता गठबन्धन बनेको छ। ८७ सदस्यीय प्रदेशसभामा अहिले ८३ जना सांसद छन्। सरकार बनाउन कम्तीमा ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र नेकपाका १३ सांसद छन्। राष्ट्रिय जनमोर्चाको एक सांसदको समर्थन जुटाउने सहमति भएको छ। लोसपा र जसपा नेपालका एक–एक मन्त्री पनि सरकारमा छन्।
आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको छ। विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँट गर्ने तयारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे