
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. श्रेष्ठसँग मेडिकल काउन्सिलको काममा लामो अनुभव छ। उनले काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनसम्बन्धी काममा जिम्मेवारी सम्हालिसकेका छन्।
श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन्। उनी सन् २०१४ देखि २०१६ सम्म काउन्सिलका पदेन सदस्य र २०१९ देखि २०२३ सम्म मनोनीत सदस्य थिए। काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता र खरिद समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे