
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा महत्वपूर्ण भेटवार्ता भएको छ। विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले नेपालका विकास र आर्थिक सुधारका विषयमा छलफल गर्नुभएको हो।
भेटमा हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति भएका सडक, पुललगायत पूर्वाधार पुनर्निर्माण, आर्थिक सुधार, बीमा र सामाजिक सुरक्षाका लागि करिब १ अर्ब अमेरिकी डलर सहयोग जुटाउने विषयमा छलफल भएको थियो।
अध्यक्ष बाङ्गाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा विश्व बैंकले महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नेपाल सरकारले अघि बढाएका नीतिगत र संस्थागत सुधारको प्रशंसा गर्दै पूर्वाधारमा लगानी बढाउन र देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
विश्व बैंकले एडीबी र आईएफसीजस्ता विकास साझेदारसँग मिलेर नेपालका प्राथमिकताका क्षेत्रमा थप संयुक्त लगानी गर्ने जनाएको छ। अधिकारीहरूका अनुसार तीन दशकपछि विश्व बैंक अध्यक्ष र नेपालको अर्थमन्त्रीबीच यस्तो प्रत्यक्ष भेट भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे