
काठमाडौँ । दसैँलाई लक्षित गर्दै आगामी शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागले यात्रुको सहजताका लागि यस्तो निर्णय गरेको हो। घटस्थापना (असोज २५) देखि पूर्णिमा (कात्तिक ८) सम्म देशभर रुट परमिट खुला रहनेछ। तर, जोखिमपूर्ण वा विशेष सडकमा निषेध गरिएका सवारीसाधन चलाउन पाइने छैन।
नारायणगढ–काठमाडौँ सडकमा ठूला मालवाहक गाडी र ट्रेलर चलाउन रोक लगाइनेछ। अत्यावश्यक खाद्य सामग्री, औषधी र फलफूल बोकेका सवारीलाई भने छुट दिइनेछ।
यात्रुको सुरक्षाका लागि लामो दूरीका बसमा दुई चालक अनिवार्य गरिएको छ। टिकट काट्दा यात्रुको नाम र फोन नम्बर राख्नुपर्नेछ। तोकिएकोभन्दा बढी भाडा लिएमा कारबाही गरिनेछ। यात्रुले आधिकारिक काउन्टरबाट मात्र टिकट किन्न विभागले आग्रह गरेको छ। भिड व्यवस्थापनका लागि सुरक्षा बढाउनुका साथै १४ वटा नागरिक सहायता कक्ष सञ्चालन गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे