
काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ। पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक असोज २२ गते बिहीबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी गठन गरिएको थियो। उक्त बैठक असोजको पहिलो साता सम्पन्न भएको थियो। त्यसपछि गठन भएको स्थायी कमिटीको यो पहिलो बैठक हुन लागेको हो।
बैठकमा पार्टीका आगामी काम, संगठन सञ्चालन र अन्य महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ। स्थायी कमिटी पार्टीको महत्वपूर्ण निर्णय गर्ने निकाय भएकाले पहिलो बैठकलाई विशेष रूपमा हेरिएको छ। बैठकले बाँकी सदस्य थप्ने विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे