
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ।
खुलामञ्चमा जारी महाधिवेशनमा बिहान १० बजेबाट सुरु गर्ने भनिएको मतदान पटक–पटक सारिएर दिउँसो २ः३० बजेसम्म पुर्याइएको थियो। निर्धारित समयमा समेत मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले आजका लागि मतदान स्थगित गर्ने निर्णय गरेको हो।
निर्वाचन समितिका अनुसार अब भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। मतदानका लागि आवश्यक निर्वाचन सामग्री समयमै उपलब्ध हुन नसकेपछि आज मतदान सञ्चालन गर्न नसकिएको समितिले जनाएको छ।
नयाँ केन्द्रीय नेतृत्व चयनका लागि सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका प्रतिनिधिहरूले मतदान गर्नेछन्। मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे