
काठमाडौं। नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी विपद् प्रतिकार्य तथा नेपाल–अमेरिका सहकार्यका विषयमा छलफल गरेकी छन्।
अमेरिकी दूतावासका अनुसार भेटका क्रममा गत अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित अमेरिकी तथा नेपाली नागरिकको पहिचान गर्ने कार्यमा भइरहेको प्रगतिबारे पनि छलफल भएको थियो।
भेटमा विपद् व्यवस्थापन, उद्धार तथा प्रभावित समुदायको पुनःस्थापनाका लागि नेपाल र अमेरिकाबीच भइरहेको सहकार्यलाई निरन्तरता दिने विषयमा समेत कुराकानी भएको दूतावासले जनाएको छ।
अमेरिकाले नेपालमा बाढी प्रभावितका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहायता परिचालन गरिरहेको जनाएको छ। उक्त सहयोगसँगै अमेरिकी उपकरण, प्रविधि तथा प्राविधिक विशेषज्ञताको उपयोगमार्फत नेपालका पहिलो उद्धारकर्तालाई सहयोग पुर्याइरहेको दूतावासको भनाइ छ।
अमेरिकी सहयोग र नेपालका सम्बन्धित निकायबीचको समन्वयले बाढीबाट प्रभावित समुदायको उद्धार तथा पुनःस्थापनाका प्रयासलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे