
काठमाडौँ – चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै घरमा उनी बेहोस अवस्थामा भेटिएका थिए। अस्पताल पुर्याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। उनका छोरा मल्हार पाटेकरले पनि निधनको पुष्टि गरेका छन्।
चार दशकभन्दा लामो अभिनय यात्रामा नाना पाटेकरले हिन्दी र मराठी चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाएका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘खामोशी’, ‘अब तक छप्पन’, ‘वेलकम’, ‘अपहरण’ र ‘ट्याक्सी नम्बर ९२११’ लगायतका चलचित्रमा उनले प्रभावशाली अभिनय गरेका थिए।
पछिल्लो समय उनी ‘ओ’रोमियो’ मा देखिएका थिए, जुन फेब्रुअरी २०२६ मा प्रदर्शन भएको थियो। उनले ‘सुबेदार’ मा पनि अभिनय गरेका थिए। चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत भारत सरकारले उनलाई सन् २०१३ मा पद्मश्री प्रदान गरेको थियो। सन् १९७८ को ‘गमन’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका पाटेकरको निधनसँगै उनको लामो कलायात्रा टुंगिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे