
काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा छापा मारेको छ। विभागनिकट स्रोतका अनुसार जबरासँगै उनका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नवीन बस्नेतको घरमा पनि छापा मारिएको छ।
स्रोतका अनुसार विभागले नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा समेत छापा मारिरहेको छ। केही घरबाट महत्वपूर्ण कागजात बरामद भएको दाबी गरिएको छ।
जबरालाई केही दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। प्रहरीले उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेपछि छाडेको थियो। अहिले सम्पत्ति शुद्धीकरण विभागले गरेको छानबिन कुन विषयमा केन्द्रित छ भन्नेबारे विस्तृत आधिकारिक जानकारी सार्वजनिक भएको छैन। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विभागले थप प्रक्रिया अघि बढाउने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे